Logo

हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु



काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् ।

हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट एक सय ५० माइल (दुई सय ४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ । तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ । एएफपी



प्रतिक्रिया दिनुहोस्