Logo

पूर्वप्रधानमन्त्री चन्दलाई अझै केही दिन चिकित्सकको निगरानीमा राखिने



काठमाडौं, साउन ५। पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने देखिएको छ । ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द यही साउन ३ गतेदेखि वीर अस्पतालमा भर्ना भएका थिए । उनले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्