Logo

माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु



काठमाडौं, साउन ५ । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु भएको छ। नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा जिल्लाको घरपझोङ गाउँपालिका–५ ढुम्बामा दुई मजदुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ का अन्दाजी २३ वर्षीय रवि दर्लामी मगर रहेका छन्।

स्थानीय कुछप तेरङ्गा गुम्बा परिसरमा नाला खन्ने क्रममा अकस्मात माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्