Logo

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो



काठमाडौं, साउन ५ । चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ ।

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि १२ सदस्यीय टोली स्थलमार्ग हुँदै नेपाल आइपुगेको हो । अहिले रूपन्देही आइपुगेको उक्त टोलीले आजै खोजीकार्य सुरु गर्नेछ । विभिन्न उपकरणसहित नेपाल आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने जनाइएको छ ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् भने यात्रुका शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ । ३७ जना हराइरहेका छन्। दुर्घटनामा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए।



प्रतिक्रिया दिनुहोस्