Logo

ओलीले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने अमरेशको खुलासा, ०८४ को चुनाव आफ्नै नेतृत्वमा गर्ने दाबी (भिडिओसहित)



काठमाडौं, ५ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै रुपमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने दाबी गरेका छन् । सिंहले कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नहुने ठोकुवा गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘मैले अस्ति प्रचण्डले प्रधानमन्त्रीको लागि सदनमा विश्वासको मत लिँदै गर्दापनि रोष्ट्रममा उभिएर भनेको थिएँ कि नेपालको इतिहासमा आजसम्म कसैले पनि सहकार्यबारे गरेको सम्झौता पालना भएको छैन् । चाहे त्यो पार्टीभित्र होस वा पार्टीबाहिर हो । ती सहमति कार्यान्वयन भएका छैनन् ।

उनले कांग्रेस र एमालेबीच सत्ता सहकार्यबारे अहिलेपनि ७ बुँदे सहमति भएको कुरा बाहिर चर्चा भएपनि त्यो सहमतिपत्र बाहिर नआएकोमा आलोचना गरे । तर, सहमति भएको भएपनि त्यो कार्यान्वयन नहुने उनको ठोकुवा छ । उनले अब शेरबहादुर देउवा प्रधानमन्त्री नबन्नेपनि दाबी गरे ।

उनले भने,‘अब शेरबहादुजी प्रधानमन्त्री बन्नुहुन्छ जस्तो मलाई लाग्दैन् । केपी ओलीजी नै कन्टिन्यु रहनुहुन्छ । केपी ओलीजीको एउटा चाहना छ कि आफ्नो नेतृत्वमा नेपालमा एकचोटी चुनाव गराउने । आजसम्म के भएको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कारणले कुनैप्नि चुनाव नेपालमा वामपन्थी वा कम्युनिष्ट नेतृत्वको प्रधानमन्त्रीको पालामा भएकै छैन् ।’



प्रतिक्रिया दिनुहोस्