Logo

बाबुराम भट्टराई जनयुद्धको विचारक हो, त्यसको जिम्मेवारीबाट भाग्न मिल्दैन् : घनश्याम भुसाल



काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले डा. बाबुराम भट्टराई जनयुद्धको विचारक भएकोले अहिले त्यसबाट भाग्न नमिल्ने बताएका छन् । उनले भने,‘जनयुद्धको जिम्मेवारी बाबुरामले पनि लिनुपर्छ । यसको जिम्मेवारीबाट उहाँ भाग्न हुँदैन् । तपाईंको व्यक्तित्वको लागि पनि भाग्न मिल्दैन् । माओवादी छोड्नुभयो भनेर म खुशी होउँला । तर, कम्युनिष्ट आन्दोलनमा यत्रो रगत पसिना बगाएको हिसाबले तपाईंले त्यो बाँकी राख्नुपर्छ होला है ।’

डा. मुक्ति रिजालले लेखेको ‘बाबुराम : अ भिजिनरी रिवेल’ नामक किताब विमोचनको क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बाबुराम भट्टराईले आजको जनताको जीवन बदल्नको लागि अझै गहिरो भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले माक्र्सवाद नबुझेकाहरुलाई रोजगारी र समाजवादको कुरा अनौठो लाग्नसक्ने पनि टिप्पणी गरे ।

उनले देश विकास नहुनुको कारण भ्रष्टाचार पनि मूल कारण भएको टिप्पणी गरे । उनले भने,‘घुस खान कांग्रेसले राजाबाट सिक्यो । अनि एमालेले चाहीँ कांग्रेसबाट घुस खान सिक्यो । हामी कांग्रेस र एमाले दुवै मिलेर माओवादीलाई घुस खान सिकाएको हो ।’ उनले अब राज्य दोहन नगर्ने पार्टी बनाउनुपर्ने आवश्यकत्ता औंल्याए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्