Logo

कुलमान घिसिङसँग प्रधानमन्त्री ओलीको टसल सुरू



काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सुरु भएको छ । तर, तेस्रो कार्यकालको सुरुवातमै प्रधानमन्त्री ओली र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङबीच टसल सुरू भएको छ । लामो समयदेखि उद्योगीहरुसँग कुलमानको विवाद कायमै थियो ।

खासगर डेडिकेटेड लाईनको विद्युत महशुसल उठाउने सवालमा कुलमान कठोर रुपमा प्रस्तुत हुँदै आएका छन् । तर, उद्योगी व्यवसायीहरुले यसअघि प्रधानमन्त्री नबनेको अवस्थामा पनि एमाले अध्यक्षको हैसियतमा ओलीसँग गुहार मागेका थिए । अहिले ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उद्योगीहरुले आफूहरुको लाईन तत्काल जोडिदिन आग्रह गरेका थिए ।

उद्योगीहरुको मर्का सुनेका प्रधानमन्त्री ओलीले तत्काल उनीहरुको उद्योगमा लाइन जोड्न निर्देशन दिएका थिए । कुलमानलाई आफ्नो च्याम्बरमा बोलाएर निर्देशन दिँदापनि उक्त निर्देशनको पालना नभएको चर्चा सुरु भएको छ । विशेष स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा उद्योगमा हिजो (शुक्रबार) नै लाइन जोडिदिन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशमा प्राधिकरणको सञ्चालक समितिका अध्यक्षसमेत रहेका उर्जामन्त्री दिपक खड्काले साँझै बोर्ड बैठक डाकेका थिए । उर्जामन्त्री खड्कापनि उद्योगमा तत्काल लाईन जोड्नुपर्ने पक्षमा छन् ।

मन्त्री खड्काको अध्यक्षतामा बसेको बोर्ड बैठकमा प्राधिकरणका एमडी घिसिङले पुनः लाइन जोडिदिने लिखित पत्र चाहिने अड्डी लिए । जसको कारण आजसम्म पनि उद्योगमा लाईन जोडिएको छैन् । यो विवाद उत्कर्षमा पुग्ने क्रममा अब कुलमानको राजीनामा माग्न सकिनेबारे अहिलेदेखि नै चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्