Logo

एसीसी एशिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै



काठमाडौं, साउन ६ । श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल साँझ नेपाली समय अनुसार ७ः१५ बजे दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्दी रहनेछ ।

पहिलो खेलमा सम्झना खड्काको उत्कृष्ट इनिङको मद्दतमा नेपालले युएईलाई हराएको थियो । ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । सो जित नेपालको एशिया कप इतिहासमा पहिलो जित रहेको थियो ।

उता पाकिस्तान भने पहिलो खेलमा भारत विरुद्ध सहजै पराजित भएको थियो । भारत विरुद्ध पाकिस्तान ७ विकेटले पराजित भएको थियो । नेपालको लागि आर्जेको खेलमा जित एक अविश्वसनिय नतिजा नै हुनेछ । तर जित हासिल गरेको खण्डमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्