Logo

दुनियाँले सुन्नेगरि भन्छु–भ्रष्टचार गर्दैनौं र सहन्नौं : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो उद्घोष गरेका हुन् । उनले भने,‘यहाँ अघि कुरा चर्कै उठ्यो । म त्यतापट्टि जान चाहन्नँ । तर, एउटा कुरा दुनियाँका अगाडि र दुनियाँले सुन्नेगरि खुलस्त भन्न चाहन्छु–भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहन्नौं र कसैलाई भ्रष्टाचार गर्न दिन्नौ ।’

भ्रष्टाचार र अख्न्तियारको दुरुपयोगसँग जोडिएको विषयको छानबिन तथा अनुसन्धान गर्नेपनि प्रधानमन्त्री ओलीको उद्घोष छ । उनले भने,‘यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानूनी कारबाही अघि बढाउँछौं । भ्रष्टाचारी एक दिन कानूनी कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउँछौं । सहकारी पीडितको पक्षमा उचित निर्णय लिईनेछ । र, सहकारी ठगलाई कारबाही गर्नेछौं ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्