Logo

प्रधानमन्त्री ओली अध्ययनशील र अनुभवी हुनुहुन्छ, अब मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कामले अब मुलुकले उन्नतिको नयाँ बाटो समात्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई अध्ययनशील र अनुभवी नेताको रूपमा समेत चित्रण गरे । सो क्रममा उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको पूर्ण कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको भन्दै एमालेबाट पनि त्यही अपेक्षा गरेको सुनाए ।

सम्बोधनको क्रममा उनले भने,“प्रधानमन्त्ती अत्यन्तै अध्ययनशील, मिहिनेती र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलका साथीहरू पनि योग्य सक्षम हुनुहुन्छ । उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेछ ।’ सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भन्दै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्