Logo

सिर्जनको ‘पूर्व खोज्छु पश्चिम फालेर’मा प्रभात र रुवीनाको छमछमी



काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गरेका छन्।

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको बेलामा यसपटक ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ ।

नेपमेलोसँगको सहकार्यसँगै जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा अहीलेका चर्चित अनुहार प्रभात पल ठकुरी र रुवीना अधिकारीलाई फिचरिङ गरिएको छ ।

छमछमी नृत्य रहेको गीतको भिडियो हेर्दा बुढा र बुढीको नोकझोकका शब्दलाई भिडियोमा देख्न सकिन्छ । भिडियो बुद्ध थापाले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक भण्डारी स्वयंको रहेको छ । यस गीतमा शब्द तथा लय समीर आचार्यको छ भने म्युजिक प्रोडक्सन नेपमेलो म्युजिकको रहेको छ ।

भिडियोलाई सुजन कोइरालाले सम्पादन र कलरिङ गरेका हुन्।

अष्ट्रेलियामा बस्ने सर्जक तथा निर्माता खरेलले यो पटकको तीजमा यो गीतले विशेष रंग भर्ने आशा व्यक्त गरेकी छिन् । तीज नृत्यका लागि पनि यो गीत उपयोगी हुनेगरी एरेन्ज गरिएको संगीतकारले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्