Logo

विनिमय दरः आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?



काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्