Logo

एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित



काठमाडौं, असार ७ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो । जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछाएको पाकिस्तान ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो ।

नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे । पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन ।

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अङ्क जोडेका छ्न । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्