Logo

पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध



काठमाडौं, साउन ७ । धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भयको हो ।

अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिडेका सवारीका साधन बाटोमै रोकिएका छन् । पहिरो ठुलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्