Logo

नेविसंघ र सिटिइभिटीबीच एतिहासिक सहमति



काठमाडौं, साउन ७ । नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बीच द्विपक्षीय सम्झौता भएको छ । गत असार १६ गते नेविसंघले परिषद् कार्यालयमा पेश गरेका मागहरुका सम्बन्धमा परिषद् र नेविसंघका प्रतिनिधिहरुबीच भएको छलफलमा सिटिइभिटीका सदस्य सचिव ई. महेश भट्टाराईको रोहबरमा विभिन्न लिखित सहमति गरिएको नेविसंघले जनाएको छ ।

परिषद् अन्तर्गतका आंगिक शिक्षालयहरुमा स्वास्थ्य कार्यक्रमहरु (नर्सिङ्ग, एच.ए., फार्मेसी) लाई सातवटै प्रदेशहरुमा रहेका संघीय तथा प्रदेश मातहतका सरकारी अस्पतालहरुसँग प्रयोगात्मक अभ्यासका लागि द्विपक्षीय सम्झौता गरी यसै शैक्षिक सत्रबाट संचालन गर्न पहल गर्ने र विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको जम्मा कोटा संख्या ४८० मध्ये स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाउने लगायतका सहमती भएको नेविसंघले जनाएको छ ।

प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि उल्लिखित सहमति कोशेढुङ्गा सावित हुने बताउँदै नेविसंघले अन्य मागहरुका सम्वन्धमा क्रमशः छलफल गर्दै जाने सहमती गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्