Logo

काभा यू-२० महिला भलिबल : कास्य पदकका लागि आज मालदिभ्ससँग खेल्दै नेपाल



काठमाडौं, साउन ८ । काभा यू–२० महिला भलिबल च्याम्पियसिपअन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल आयोजक मालदिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा जारी खेलमा सोमबार सेमिफाइनलको खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा हारेपछि आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो । यस्तै सोमबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकासँग सोझो सेटमा हारेको मालदिभ्स तेस्रो स्थानका लागि नेपालसँग खेल्न लागेको हो।

राउन्ड रोविनमा नेपालले मालदिभ्सलाई सोझो सेटमै हराएको थियो। नेपाल आजको खेलमा मालदिभ्सलाई हराउँदै कास्य पदक हात पार्न चाहन्छ। नेपालको महिला टोलीले उमेर समूहमा पहिलोपटक काभामा प्रतिस्पर्धा गरेको हो।

चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले राउन्ड रोविनमा श्रीलंकालाई मात्र १ सेटमा जितेको थियो। किर्गिस्तानसँग भने राउन्ड रोविन र सेमिफाइनल दुवै खेलमा हारेको थियो।



प्रतिक्रिया दिनुहोस्