Logo

सहकारी ठग जीबी राईलाई रवि लामिछानेले भगाएको ज्ञानेन्द्र शाहीको आरोप



काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले वर्तमान सरकारलाई ‘हावाले भरिएको बेलुन’ को संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले कांग्रेस–एमाले गठबन्धन सरकारको जग गतिलो नरहेको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई महाचोरको संज्ञा दिए । अहिलेको सरकारले उखान टुक्का भन्नेबाहेक अर्को काम गर्न नसक्ने उनको ठोकुवा छ ।

‘यो सरकार भनेको हावा भरिएको बेलुन हो । एउटा छेस्को ल्याएर प्याट्ट हान्दियो भने फुट्छ । यो लुट्नका लागि बनेको हो । पहिला (प्रचण्ड) को चोर, अहिलेको सरकार महाचोर । पहिलाका भाषणमात्रै गर्ने, काम फिटिक्कै नगर्ने, अहिलेको भाषण पनि नगर्ने, काम पनि नगर्ने । बरु उखान टुक्का भनेकोभन्यै गर्ने,’– उनले भने ।

साथै, नेता शाहीले निवर्तमान गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई भगाएको आरोप लगाए । उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसी पार्नका लागि कृष्णबहादुर महरा र सुनकाण्डमा जोडिएको उनको परिवारलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्