काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणले उद्योगहरुसँग लिने महशुसलमा अनावश्यक हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युत महसुल तिर्नको लागि प्राधिकरणले ६० किस्तासम्मको सुविधा दिएको स्मरण गराउँदै सांसद बस्नेतले भने,‘जहाँसम्म विद्यतु प्राधिकरणले जारी गरेका बिलहरुको बारेमा प्रश्न छन् । त्यसको निरुपण गर्ने कानूनी र विशेष संरचनागत व्यवस्था छ । त्यहाँ पूनरावलोकनदेखि पूनरावेदनसम्मका प्रावधान छ, त्यो बाटो हिँड्नुपर्यो । कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने अनि समाधान चाहीँ ठाडो निर्देशनको गर्ने । सरकार गलत बाटो हिँड्दैछ ।’
उनले नियामक निकायहरुलाई अरुको व्यवस्थापकीय काममा हस्तक्षेप नगर्न सुझाएका छन् ।