काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले टिआरसी विद्येयक सहमतिनजिक पुगेको बताएका छन् । टिआरसी टुँग्याउन गठित कार्यदलका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलपछि प्रतिक्रिया दिने क्रममा नेता शर्माले यस्तो दाबी गरेका हुन् । उनले विद्येयकमा अब भाषागत कुरामात्रै टुँगोमा पुर्याउन लागिएको र भोलिसम्म त्योपनि टुँगो लाग्ने दाबी गरे ।
उनले आजको छलफलमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषय र सजायसम्बन्धी केही मापदण्डलाई लिएर सहमति नजिक पुगिएको बताए । टिआरसी टुँगो लगाउनेगरि प्रधानमन्त्री ओलीले अग्रसरता लिएका छन् । यो विषय राजनीतिक दलहरुबीच पेचिलो विषय बन्दै आएको छ । file photo