Logo

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट




काठमाडौँ, ८ साउन । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओन ले आज शिष्टाचार भेट गरेका छन्।।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्