काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाईन्सको विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थलस्थित् दुर्घटनास्थलमा जाने भएका छन् । यसअघि घटनास्थलमा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरु पुगिसकेका छन् ।
दुर्घटनामा परेको उक्त जहाजमा चालक दलका दुई सदस्यसहित १९ जना सवार रहेको जनाईएको छ । पाइलट मनिषरत्न शाक्य (एम.आर शाक्य) मात्रै जिवित रहेका छन् ।
उनको अहिले सिनामंगलस्थित् केएमसी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको जनाईएको छ । उनीहरुको शव यतिवेला त्रिवि शिक्षण अस्पताल लगिएको छ । file photo