भक्तपुर, ९ साउन । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सर पीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सर पीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्री थापाले भने, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सर पीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताए ।
त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भने, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पु¥याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।”
भक्तपुर क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री भएका हुन् ।
बागमती प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरज्यूबाट स्वास्थ्य मन्त्रालयमा पदबहाली भई गर्नुभएका निर्णयहरु यस प्रकार छनः
- बागमती प्रदेशका क्यान्सर लागेका विपन्न नागरिक लाई उपचारमा दिदै आएको ५० हजारलाई १ लाखसम्म सहुलियत प्रदान गर्न यसका लागि आवश्यक पर्ने थप ११ करोड बजेट सुनिश्चित गर्न बागमती प्रदेश सरकार मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्नका लागि श्री आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहमतिका लागि अनुरोध गर्ने।
- मेरो स्वास्थ्य,मेरो जिम्मेवारी(अभियान तथा मानसिक स्वास्थ्य प्रवर्धन अभियानको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला स्तरमा नसर्ने रोग तथा मानसिक रोग रोकथाम र न्यूनिकरण सम्बन्धी जिल्ला स्तरीय समन्वय समिति गठन गर्ने।
- मेरो स्वास्थ्य ,मेरो जिम्मेवारी अभियान प्रदेशका सबै जिल्ला र स्थानीय तहमा सञ्चालन गर्ने।उक्त अभियान अन्तर्गतका कार्यक्रमहरु नागरिकको स्वास्थ्य प्रतिको अधिकार र जम्मेवारीलाई निम्न प्रतिबध्दता मार्फत थप सचेत बनाउदै नागरिकको स्वास्थ्य प्रवर्धन गर्ने
१. म रक्सि चुरोटर सुर्तीजन्य पदार्थ खान्न।
२. म नियमित योग तथा व्यायाम गर्छु।
३. म स्वस्थ र पोसिलो खाना खन्छु।
४. म नियमित स्वास्थ्य परिक्षण गराउँछु।
५. म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु।
६. मेरो परिवारको स्वास्थ्य विमा गराउँछु।
७. म मेरो घर आगन र वातावरण सफा राख्छु।
८. म मेरो परिवारको ३० बर्ष माथिका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको
मुखको क्यान्सरको परिक्षण गराउँछु।
९. म ट्राफिक नियम पालना गर्छु ।