Logo

रसुवामा एक वर्षमा एक सय बढी सम्बन्धविच्छेदका मुद्दा




रसुवा, ९ साउन । जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी एक सय ६२ थान मुद्दामध्ये एक सय छ थान सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।

सम्बन्धविच्छेदका एक सय ३५ थान मुद्दा फछ्र्यौट भएको र २७ थान फछ्र्यौटको प्रक्रियामा छन् । अदालतले समग्रमा एक सय ६४ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । विचाराधीन २७ मुद्दामध्ये १३ थान सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार ढकालले जानकारी दिए ।

त्यसैगरी, रसुवामा वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या २८ पुगेका छन् । विसं २०६४ देखि हालसम्म २८ विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमध्ये तिब्बती १७, भारतीय १० र भूटानी एक विदेशी महिला विवाह गरी रसुवा आएको जिल्ला प्रशासनको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रशासनले गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार दुई सयलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । गत आवमा नागरिकताको प्रतिलिपि दुई हजार दुई सयले लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत १८ हजार चार सय ३६ ले राष्ट्रिय परिचयपत्र बायोमेट्रिकसहित विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्