Logo

प्रधानमन्त्रीका सल्लाहकारका कारण रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी



काठमाडौं,१० साउन । गत साता सार्वजनिक गर्ने तयारी भएर अन्तिममा रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र वैंक स्रोतका अनुसार सम्भव भएसम्म भोलिनै नीति सार्वजनिक गेर्न तयारी गरिएको छ ।

भोलि बैंकको वोर्ड वैठक बस्ने र पारित गरेपछि सार्वजनिक गर्ने बैंकको तयारी छ । यसअघि गत शुक्रबार मौद्रिक नीति पारित गरेर सार्वजनिक गर्ने तयारी भएको थियो । तर, अघिल्लै दिन (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री तथा राष्ट्रि वैंकका पूर्व गभर्नर युवराज खतिवडा नियुक्त भएपछि रोकिएको थियो । खतिवडाले आवश्यक परिमार्जन चाहेपछि रोकिएको चर्चा भएको थियो ।

प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिन भनेपछि रोकिनपुगेको थियो।

गत हप्ता शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा थप छलफल गर्ने भन्दै मौद्रिक नीति सार्वजनिक गरिएन। त्यसको एक हप्तापछि राष्ट्र बैंकले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेको हो।



प्रतिक्रिया दिनुहोस्