Logo

सन् २०१९ देखि नेपाल–बेलायत उच्चस्तरीय भ्रमण ठप्प, प्रधानमन्त्री ओलीको पहिलो भ्रमण बेलायत होला ?



काठमाडौं, १० साउन । नेपालको सबैभन्दा पूरानो दौत्य सम्बन्ध रहेको बेलायत यतिवेला सम्बन्धमा उपेक्षामा परेको छ । सन् २०१९ देखि दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान हुन सकेको छैन् । यो बीचमा नेपाल र भारतमा सरकार परिवर्तन भैरहेका छन् । नेपालमा सन् २०१९ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको अफिसियल भ्रमण गरेता कुनैपनि उच्चस्तरीय भ्रमण हुन सकेको छैन् ।

उता, बेलायतबाट पनि सन् २०१९ मा नै राज्यमन्त्री मार्क ल्यांकस्टरले नेपालको अफिसियल भिजिट गरेका थिए । बेलायतबाट अहिलेसम्म प्रधानमन्त्रीस्तरीय भ्रमण हुन सकेको छैन् । सन् १९६० मा भने बेलायती महारानी एलिजावेथ द्धितिय र सन् १९९३ मा हिज रोयल हाईनेस प्रिन्स फिलिपले नेपालको स्टेट भिजिट गरेका थिए । त्यसपछि राजकुमार र राजकुमारीहरु पनि नेपाल आएका छन् । प्रिन्सेस अफ वेल्स डायना (१९९३) मा डिएआईडीको कार्यक्रमको लागि नेपाल आएकी थिईन् ।

यस्तै, प्रिन्स चाल्र्स सन् १९९८ मा नेपाल भ्रमणमा आएका थिए । उनी निजी वा स्टेट भिजिट के मा आएको भन्ने कुरा परराष्ट्र मन्त्रालयको अभिलेखमा उल्लेख गरिएको छैन् । सन् २००० मा प्रिन्स फिलिप निजी भ्रमणको लागि नेपाल आएका थिए । यस्तै, सन् २००० मा नै प्रिन्सेस एनीपनि निजी भ्रमणमा नेपाल आएको बताईएको छ । पछिल्लो समय बेलायतबाट नेपालमा भएको सबैभन्दा उच्चस्तरीय भ्रमण भनेको सन् २०१६ मा भएको हो । जहाँ प्रिन्स ह्यारी नेपाल–बेलायत कुटनीतिक सम्बन्धको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित समारोह मनाउनको लागि नेपाल आएका थिए ।

नेपालबाट भने सन् २०१९ यता बेलायतमा उच्चस्तरीय भ्रमण भएको छैन् । सन् २०१९ मा नै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायत भ्रमण गरेका थिए । यस्तै, सन् २०१८ मा माधवकुमार नेपालले अनौपचारिक भ्रमण गरेका थिए । बेलायतसँग नेपालको पूरानो सम्बन्ध हुँदापनि अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसक्नु दुःखद् हो । अहिले कांग्रेस र एमाले सम्मिलित बलियो सरकार गठन भएको छ । यस्तो बेलामा दुई देशबीचको सम्बन्ध चलायमान हुनुपर्छ ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान भयो भने नेपाललाई लाभ हुनेछ । यतातर्फ पनि सरकारले ध्यान दिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक भारत वा चीन भ्रमण नगरी बेलायत भ्रमण गर्नेपनि तयारी गरेको बुझिएको छ। अहिलेसम्म भारत वा चीनबाट उनलाई भ्रमणको लागि निम्तो भने आईसकेको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साउनभित्रै नेपाल भ्रमण गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्