Logo

मौद्रिक नीति आउने अघिल्लो दिन सेयर बजारमा उछाल, दोहोरो अंकमा बढ्यो नेप्से



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्तका सेयरधनीले कमाएका छन्। कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले २३६ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्। उता जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, एसियन हाइड्रोपावर ९.९९ प्रतिशत, गणपति लघुवित्तको ९.९७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ९.९४ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि गत साता सार्वजनिक गेर्न तयारी भएपनि नयाँ सरकार बनेपछि अन्तिममा आएर रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्