Logo

वनमन्त्री शाही र एफएओका नेपाल प्रतिनिधि केन सिमिजुबिच शिष्टाचार भेटवार्ता



काठमाडौं, साउन ११ । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही र संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबिच शिष्टाचार भेटवार्ता भएको छ ।

विहिबार मन्त्रालयमा भएको द्विपक्षिय भेटवार्तामा विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । उक्त अवसरमा एफएओका नेपाल प्रतिनिध सिमिजुले नव नियुक्त मन्त्री शालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत प्रदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्