Logo

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, साउन ११ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्र्तगत अहिले बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैकठमा नेपालको बाल सुधारगृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको ‘सूचनाको हक’ सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्