Logo

टीआरसी विधेयकमा जुट्न नसकेको बुँदामा सहमति खोज्ने तयारी



काठमाडौं, साउन ११ । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक शुरु भएको छ। केही बेरअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा उपस्थित रहेका छन्।

यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​ संयन्त्रले टीआरसी विधेयकमा जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ।

संसदमा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमा दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल शुरु भएको छ।



प्रतिक्रिया दिनुहोस्