Logo

सरकारबाट बाहिरिएपछि पहिलोपटक आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, नेतृत्वसमक्ष निर्मम समिक्षाको माग



काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले आज (शुक्रबार) दिउँसो १ बजेको लागि पदाधिकारी बैठक डाकेका हुन् । सरकारबाट बाहिरिएपछिको यो पहिलो पदाधिकारी बैठक हो ।

बैठकमा पछिल्लोपटक सरकारबाट बाहिरिनुको कारणबारे नेताहरुले अध्यक्ष दाहालसामू निर्मम प्रश्न राख्ने तयारी गरेका छन् । उपमहासचिव जनार्दन शर्माले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग किन आईयो र एमालेसँगको सहकार्य तोडिनुमा को जिम्मेवार ? भन्ने विषय जोडतोडले उठाउने तयारी गरेका छन् ।

उनी कांग्रेससँगको सहकार्यको निरन्तरताको पक्षमा थिए । तर, अर्का उपमहासचिव वर्षमान पुनको सक्रियताको कारण कांग्रेससँगको गठबन्धन तोडिएर एमालेसँगको सहकार्य भएको माओवादीभित्र चर्चा छ । यतिवेला पुन रक्षात्मक अवस्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्