Logo

सेयर धितो कर्जाको २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत



काठमाडौं,११ साउन । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको जानकारी गराए ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरेको हो। यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएको छैन् । हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस्