Logo

वैदेशिक रोजगारीमा जानेले अब बिनाधितो ऋण पाउने



काठमाडौं । वैदेशिक रोजगारीमा जानेले अब बिनाधितो ऋण पाउने भएका छन् । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सो व्यवस्था गरेको जानकारी गराएका छन् । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिने जनाएको छ

‘सरकारको २०८१-८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ वक्तव्यमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्