Logo

नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल



वासिङ्टन, ११ साउन । अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन्।

नेतन्याहुले गाजा युद्धको विरोध गर्ने अमेरिकीहरूलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् ।

हमासले युद्ध अन्त्य गर्ने र बन्धक बनाइएकाहरूलाई फिर्ता गर्ने प्रयासमा प्रधानमन्त्री नेतन्याहूले अवरोध पु¥याएको आरोप लगाएको छ ।

इजिप्ट, इजरायल, अमेरिका र कतारका अधिकारीले इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न र बाँकी बन्धकहरूलाई मुक्त गर्न प्रस्तावित तीन चरणको युद्धविरामका लागि वार्ता पुनः सुरु गर्ने उद्देश्यले बिहीबार दोहामा बैठक गर्ने अपेक्षा गरिएको भएपनि इजरायलका एक अधिकारीले आफ्नो वार्ता टोली सम्भवतः अर्को हप्ता पठाइने बताएका छन् ।

इजरायली सेनाले दक्षिणी गाजा शहर खान युनिसको केही भाग छोड्न दिएको पछिल्लो आदेशका कारण विस्थापित भएका प्यालेस्टिनीहरू सडकमा सुतेर प्रदर्शन गरेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले युद्धमा ३९ हजार १०० भन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ ।

राष्ट्रपति बाइडेन र नेतन्याहुबीचको भेटलाई हमासद्वारा कब्जामा लिएका अमेरिकी बन्धकका आफन्तले ‘फलदायी र इमानदार’ प्रयास भनेका छन् ।

गाजामा बन्धक बनाइएका अमेरिकी नागरिकका आफन्तले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री नेतन्याहूलाई भेटेका हुन् ।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दै परिवारका सदस्यहरूले भने “उनीहरू ‘आज तात्कालिकताको भावनाका साथ आएका छन्’ र इजरायल र हमासबीच युद्धविराम सम्झौता पूरा गर्नुपर्ने आवश्यकतामा इमान्दार प्रयास गर्ने बताएका छन् । यसको अर्थ आफ्ना प्रियजनहरूको छिट्टै रिहाइ हुन सक्छ ।”

“हामीले बाइडेन प्रशासन र प्रधानमन्त्री नेतन्याहूबाट रिहाइका लागि पूर्ण प्रतिबद्धता प्राप्त गरेका छौँ । उनीहरूले यस क्षणको तात्कालिकतालाई बुझेका छन्,” हमासले कब्जामा लिएका बन्धकका आफन्तहरूले भने । उनीहरूले महिनौँको तुलनामा सम्झौताप्रति बढी आशावादी रहेको बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति जो बाइडेनसँगको भेट उपलब्धीमुलक भएको भन्दै आफ्नो ह्वाइट हाउस भ्रमणको प्रशंसा गरेका छन् ।

नेतन्याहूले बैठकको सुरुमा बाइडेनसँग भने, “एक गौरवशाली यहूदी जियोनिज्मदेखि आइरिश–अमेरिकी नियोनिस्टसम्मको तर्फबाट म तपाईंलाई ५० वर्षको सार्वजनिक सेवा र इजरायलको लागि ५० वर्षको सहयोग र समर्थनका लागि धन्यवाद दिन चाहन्छु ।”

अमेरिकी राष्ट्रपति बाइडेनले नेतन्याहूलाई धन्यवाद दिँदै इजरायली प्रधानमन्त्री गोल्डा मीरसँग सिनेटमा निर्वाचित भएलगत्तै आफ्नो पहिलो भेट सन् १९७३ मा भएको स्मरण गर्दै त्यतिवेला नेतन्याहु १२ वर्षको मात्र भएको बताएको थियो ।

सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुअघि नेतन्याहूको ह्वाइट हाउसको भ्रमणपछि भएको यो उनको पहिलो अमेरिका भ्रमण हो ।

गाजामा ३९ हजारभन्दा बढीको ज्यान जाने गरी नौ महिनादेखि जारी युद्धको अन्त्यका लागि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र नेतन्याहु माथि दबाब बढिरहेको बेला भएको हो । दर्जनौं इजरायली बन्धकहरू अझै पनि हमासको कब्जामा छन् ।

यसैबीच नेतन्याहूले उपराष्ट्रपति कमला ह्यारिससँग पनि भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपति कमला ह्यारिसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजामा अक्टोबर ७ देखि बन्धक बनाइएका दर्जनौं व्यक्तिलाई स्वदेश फर्काउन हमाससँग छिट्टै युद्धविराम सम्झौता गर्न आग्रह गरेको छ ।

ह्यारिसले नेतन्याहूसँग ‘स्पष्ट र रचनात्मक’ कुराकानी भएको र त्यसमा उहाँले इजरायलको आफ्नो रक्षा गर्ने अधिकारको पुष्टि गरेको तर नौ महिनाको युद्धमा गाजामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको र त्यहाँको ‘भयावह’ मानवीय अवस्थाबारे पनि गहिरो चिन्ता व्यक्त गरेको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवारमाथि सबैको नजर रहेको बताउँदै ह्यारिसले ३९ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको गाजामा जारी क्रूर युद्धको अन्त्य गर्ने समय आएको राष्ट्रपति जो बाइडनको लामो समयदेखिको सन्देशलाई दोहो¥याएको थियो ।

यद्यपि नेतन्याहूले संसदुमा युद्धको प्ष्टि गर्ने प्रयास गरेको, हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिज्ञा गरेको र युद्धविराम वार्ताको अपेक्षाकृत कम उल्लेख गरेको एक दिनपछि उनले यस क्षणको तात्कालिकताको बारेमा अझ सशक्त स्वर प्रस्तुत गरेको थियो ।

नेतन्याहूसँगको भेटपछि ह्यारिसले पत्रकारसँग भने, “यो सम्झौतामा सहमतिका लागि वार्तामा आशावादी प्रगति भएको छ । र मैले प्रधानमन्त्री नेतन्याहूलाई भर्खरै भनेको छु, यो सम्झौता पूरा गर्ने समय हो।” रासस



प्रतिक्रिया दिनुहोस्