Logo

ओबामा दम्पत्तिद्वारा राष्ट्रपतिको उम्मेद्वारमा कमला ह्यारिसलाई समर्थन



काठमाडौं, ११ साउन । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट कमला ह्यारिस निर्विकल्प उम्मेद्वार बन्ने पक्का भएको छ । राष्ट्रपतिको दौडबाट वर्तमान राष्ट्रपति जो बाईडेन बाहिरिएपछि कमला ह्यारिसलाई अनुमोदन गरेका थिए ।

त्यसको केही दिनपछि आज पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले पनि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमलालाई समर्थन गरेको घोषणा गरेका छन् ।

ओबामा दम्पत्तिले कमलालाई फोन गरेर समर्थन गरेको भिडिओ पनि सार्वजनिक भएको छ । राष्ट्रपतिको निर्वाचनमा उता रिपब्लिकनबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प मैदानमा छन् । ट्रम्पलाई रोक्न डेमोक्र्याटहरु एक हुनुपर्ने आवाज उठ्दै आएको छ । ट्रम्पले मेक अमेरिका ग्रेट एगेनको नारा बोकेका छन् ।



प्रतिक्रिया दिनुहोस्