Logo

फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी



पेरिस, ११ साउन । फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेल मन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताए ।

उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ ।

राष्ट्रिय रेल सञ्चालक ‘एसएनसिएफ तोढफोड जन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ ।

आक्रमणले रेल सुविधालाई क्षति पु¥याउँदा प्रभावित लाइनहरूमा ‘रेल ट्राफिक अवरुद्ध’ भएको तथा मर्मत सम्भार लगायतको अवस्थाले प्रभाव साताब्यापी रहने जनाइएको छ ।

आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठूलो सङ्ख्यामा रद्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कडा सुरक्षा ब्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ । शुक्रबार साँझ हुने परेडमा सात हजार ५०० जनासम्म प्रतियोगीहरूले ८५ वटा डुङ्गामा साइन नदीको छ किलोमिटर यात्रा गर्नेछन् ।

स्रोतका अनुसार एथलेटिक्स स्टेडियम बाहिर ग्रीष्मकालीन ओलम्पिकको यो पहिलो उद्घाटन हुनेछ ।

आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेल सेवा ३० मिनेटदेखि साढे दुई घण्टाको ढिला हुने घोषणा भएपछि कैयौँ यात्रुहरू अलपत्र परेका र थप जानकारीको लागि पर्खिरहेका छन् ।

जुलाई २९ (सोमबार)बाट सामान्य सेवा पुनः सुरु हुने अपेक्षा रेलवे स्टेसनको प्रस्थान हलमा रहेको एउटा सङ्केतमा लेखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्