Logo

सञ्चारमन्त्री बनेपछि गुरूङ पहिलोपटक पुगे गृहजिल्ला, सरकारलाई असफल हुने छुट नभएको प्रतिक्रिया



काठमाडौं, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी प्राप्त गरेपछि पहिलोपटक पृथ्वीसुब्बा गुरुङ गृहजिल्ला पुगेका छन् । पार्टीको मध्यनेपाल नगर कमिटीद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएका मन्त्री गुरुङले सरकार सफल हुने दाबी गरेका हुन् ।

उनले अहिलेको सरकारले देशमा विद्यमान सबैखाले समस्या हल गर्ने पनि विश्वास दिलाए । उनले देशलाई निकास दिनको लागि नै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको स्पष्ट पारे । उनले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्दै आर्थिक अवस्थामा सुधार ल्याउनु भएको र सोहीअनुसार काम थालिएको जिकिर गरे ।

मन्त्री गुरुङले यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको दाबी गरे । उनले वर्तमान सरकारप्रति जनताको भरोसा र विश्वास बढेकोले कामपनि त्यहीअनुसार सुरु गरिएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्