Logo

वामदेवले फेरि उठाए कम्युनिष्ट एकताको कुरा, नेताहरुलाई मतभिन्नता हल गर्न सुझाए



काठमाडौं, १२ साउन । नेकपा एकता अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको प्रस्ताव दोहोर्याएका छन् । उनले कम्युनिष्टहरु मिलेर शक्तिशाली पार्टी बनाएमात्रै देशमा समाजवाद ल्याउन सकिने सुनाए । एकता अभियानमा ढिला नगरी लाग्नको लागि पनि उनको सुझाव थियो ।

पुष्पलालको १००औं जन्म जयन्ती (शताब्दी) को अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भने,‘सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बन्नैपर्छ। त्यो पार्टीले देशमा समाजवाद निर्माण गर्छ। भएको पार्टी फुट्दै जाने, अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अनि क्रान्ति हुन्छ। मतभिन्नता छ भने बसेर हल गर्न सकिन्छ।’ file photo



प्रतिक्रिया दिनुहोस्