Logo

भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबारे फेरि बोले विश्वप्रकाश शर्मा, ती फाईलमा अनुसन्धान हुनुपर्ने माग



काठमाडौं, १२ साउन । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने दोहोर्याएका छन् । सदनमा समेत चर्को आवाज उठाउँदै आएका नेता शर्माले ती प्रकरणमा कानूनअनुसार अनुसन्धान हुनुपर्ने बताएका हुन् । आज (शनिबार) मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले जोरपाटीमा आयोजना गरेको २७औँ साधारणसभामा बोल्दै यस्तो बतँएका हुन् ।

उनले सरकार गठनको लागि कांग्रेस र एमाले मिल्नुको कारणपनि खुलाए । उनले दुई दलबीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका लागि गरिएको स्पष्ट पारे । उनले अनियमितामा संलग्न जोसुकै भएपनि तिनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने,‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन ।’ file photo



प्रतिक्रिया दिनुहोस्