Logo

स्वास्थ्यमन्त्री पौडेलको घोषणा : वीर अस्पताल रहिरन्छ, न्याम्सपनि रहन्छ (भिडिओसहित)



काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारको लागि सुझाव तथा मार्गनिर्देशन दिनको लागि वरिष्ठ चिकित्सकहरुसँग अपिल गरेका छन् । वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म आग्रह गर्न चाहन्छु–स्वास्थ्य क्षेत्र सुधारको लागि हामीले के गर्न सकिन्छ ? जीवन नै चिकित्सा क्षेत्रमा बिताउनुभएका अग्रजहरु मैले सम्मान र नमन गर्नुपर्ने अति आदरणीय व्यक्तित्वहरु यहाँ हुनहुुन्छ, यहाँहरुलाई म आग्रह गर्न चाहन्छु यो क्षेत्र सुधारका निम्ति हामीलाई सिकाईदिनुहोस । कस्ता कस्ता नीति तथा नियमहरु बनाउँदा यो क्षेत्र प्रभावकारी बन्नसक्छ ? हामीलाई गाइडलाइन दिनुहोस । मार्गनिर्देशन गरिदिनुहोस ।’

मन्त्री पौडेलले वीर अस्पताल र न्याम्सको विषय कुनै विवादको विषय नभएको स्पष्ट पारे । उनले भने,‘वीर हस्पिटलपनि रहिरन्छ । न्याम्सपनि रहन्छ । नेपालको यो ऐतिहासिक संस्था समाप्त हुँदैन् । त्यसैले धेरै स्वास्थ्य संस्था भए सरकारमा त्यसमा लगानी गर्न सक्यो भने अझैपनि नागरिकलाई आवश्यक पर्नेगरि हामीले क्षमता अभिवृद्धि गर्न सकेका छैनौं । अर्को जनशक्ति उत्पादन गर्ने पनि स्वास्थ्य क्षेत्रको दायित्वभित्र पर्छ ।’

Photos & Video By Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्