Logo

धार्चेमा पहिरोले पुरिएर ५ जना बेपत्ता, २ घाइते



काठमाडौं, साउन १३ । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन्।

बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । तर, मौसम प्रतिकुलताले बाटो खराब भएका कारण बेपत्ताहरूको खोजीका लागि खटिएको उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन् । पहिरोमा बेपत्ता भएका र घाइते भएकाहरूको पहिचान समेत खुल्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्