Logo

बेचन झा र बादलका छोरा प्रतिकलाई पक्राउ गर्ने डिआईजी मनोज केसीको सरूवा



काठमाडौं, १३ साउन । गृहमन्त्रालयले डिआइजी डा. मनोज केसीलाई सुरुवा गरेको छ । केसीको सुरुवा आकस्मिक रुपमा गरिएको भन्दै अहिले आलोचना भैरहेको छ । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झालाई पक्राउ गरेका थिए ।

डिआइजी केसीले झामात्रै नभएर पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्