Logo

प्रधानमन्त्री ओलीको टिम करिब तयार, परराष्ट्र र प्रेस सल्लाहकार नियुक्त गर्न बाँकी



काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयको टिम करिब करिब बनाईसकेका छन् । प्रधानमन्त्रीको रुपमा यो चौथो कार्यकाल सुरु गरेसँगै ओलीले आफ्नो टिममा अधिकांश पूरानै सदस्यहरुलाई मौका दिएका छन् । ओलीलाई विगत लामो समयदेखि साथ र सहयोग गर्दै आएका पार्टीका उपमहासचिव विष्णु रिमालले प्रमुख राजनीतिक सल्लाहकारको नियुक्ती लिएका छन् ।

ओलीको टिम तयार पार्नको लागि महत्वपूर्ण भूमिका उनै रिमालले गरेको जनाईएको छ । जनसम्पर्क सल्लाहकारमा युवा नेता किरण पौडेलपनि रिमालकै सिफारिशमा ल्याईएको बताईएको छ । भर्खरै सूचना तथा प्रविधि विज्ञमा असगर अलीलाई नियुक्त गरिएको छ । अली यसअघिको ओलीको प्रधानमन्त्रीको कार्यकालमा पनि आइटी विज्ञको जिम्मेवारीमा थिए ।

प्रधानमन्त्री ओलीले महत्वपूर्ण मानिएको नियुक्ति आर्थिक सल्लाहकारमा अनुभवी डा. युवराज खतिवडालाई ल्याएका छन् । खतिवडा अर्थमन्त्री भैसकेका व्यक्ति हुन् । अहिले अर्थ मन्त्रालयमा खतिवडाको प्रभाव जमेको बताईन्छ । यसपटक उनले आफ्नो परराष्ट्र मामिला सल्लाहकार भने नियुक्त गर्न ढिलाई गरेका छन् । कतिपयले सो पदमा पनि यसअघिकै भूमिकामा रहेका डा. राजन भट्टराईले मौका पाउने दाबी गरेका छन् । यस्तै, प्रेस सल्लाहकार नियुक्त गर्नपनि ढिलाई भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्