काठमाडौं १३, अषाढ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला जाने भएका छन् । एसियाली देशहरुको लागि आयोजना गर्न लागिएको एक सम्मेलनमा भाग लिन अध्यक्ष यादव त्यसतर्फ जान लागेको बताईएको छ ।
एसियाली सामाजिक लोकतान्त्रिक पार्टीहरुको संगठनले फिलिपिन्सको राजधानी मनिलामा आयोजना गर्न लागेको उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्ने बताइएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले ३१ जुलाईका दिन सोमबार ‘संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धताको खाँचो’ बिषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष यादवसँगै जसपा नेपालको विदेश विभाग प्रमुख अर्जुन थापा पनि पार्टीको तर्फबाट सो सम्मेलनमा सहभागी हुन आजै मनिला प्रस्थान गर्दैछन् । file photo