काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।