Logo

यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ : रोशन कार्की



काठमाडौं, १४ साउन । राप्रपाका सांसद रोशन कार्कीले यौन शोषणबाट आरोपित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरिए ५१ प्रतिशत महिलाको अपमान हुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले प्रधानलाई संसदीय सुनुवाई समितिले नियुक्त गर्न नहुने धारणा राखिन् ।

उनले भनिन्,‘कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ । संविधानको धारा २४५ को उपदफा ६ को पनि अपमान हुन्छ । त्यस्ता आरोपितलाई कुनैपनि स्थान दिनुहुँदैन् । ती त नालायक हुन् ।’



प्रतिक्रिया दिनुहोस्