Logo

सडक दुर्घटनाका घट्ना बढेको भन्दै अमरेशको चिन्ता, गराए सरकारको ध्यानाकार्षण



काठमाडौं, १४ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालीहरु आफ्नो भाग्यले बाँच्नुपर्ने स्थिति आएको बताएका छन् । उनले नेपाली जनता सडक र हवाई दुर्घटनाको शिकार हुनुपरेको भन्दै विश्वमै नेपाल सडक दुर्घटनामा (जनसंख्याको अनुपातमा) धेरै मान्छे मर्ने देशमा परेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले सडकलगायत सबैखाले दुर्घटनाका घट्ना घटिरहेको भन्दै यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे । उनले हरेक दिन दुर्घटनाका घट्ना बढिरहेको भन्दै यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । नेपालमा विश्वका अन्य देशको स्टाण्र्डका सडक नेपालमा किन बनेनन् ? भनेर प्रश्न सोधे ।



प्रतिक्रिया दिनुहोस्