Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, साउन १५ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरुको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्ततु गर्नुहुने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्