Logo

चिनियाँ राजदूतलाई बोलाएर तत्काल स्पष्टीकरण सोध्न सांसद खतिवडाको माग



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।

उनले भने,‘गत असार २८ गते २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । हाम्रो ठूलो धनजनको क्षति भएको छ । आजसम्म हामीले ४० भन्दा बढि यात्रा भेटेका छैनौं । तर, यो समयमा छिमेकी मित्रराष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कुटनीतिक मर्यादाविपरित र आचारसंहिताविपरित अभिव्यक्ति दिन थाल्नुभएको छ । बस र यात्रु खोजी कार्यमा संलग्न रहेको टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्विटरमा लेख्ने गरिएको छ, बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौं र मानवीय संवेदनाको बारेमा बोलौं । अप्ठ्यारो परेका बेलामा हामीलाई हाँसीमजाकमा नउडाऔं भनेर म भन्न चाहन्छु । यसमा पररराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई स्पष्टीकरण लिओस भन्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्