Logo

एकीकृत समाजवादी भित्र केन्द्रीय सदस्यको नाम टुंग्याउन सकस, आज बैठक बस्दै



काठमाडौं, साउन १६ । आज नेकपा .एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

बैठमान विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार तयारी रहेको छ ।

आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य टुंग्याउन सकस देखिएको जनाउँदै उनले सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल हुने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्