Logo

पार्टी कार्यालय डुबानमा, होटल बसेरामा बस्दै एमाले सचिवालय बैठक



काठमाडौं, साउन १७ । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने उनले जानकारी दिए । यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

आजको सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्